गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड: नेकपा एकीकृत समाजवादी

काठमाडाैं | पुस १६, २०७९

गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड: नेकपा एकीकृत समाजवादी

काठमाडौं:  नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको निष्कर्ष निकालेको छ । शनिवार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ । 


एकीकृत समाजवादीका प्रवक्ता समेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए । पार्टी  बैठकको बीचमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए । बैठकमा अध्यक्ष नेपालले सुरुमा देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको आफूलाई थाहा भएको उल्लेख गरेका छन् ।  


देउवाले बचन पूरा नगरेपछि प्रचण्डको प्रतिक्रिया स्वरुप गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार देउवा र प्रचण्ड रहेको उल्लेख गरे ।

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्